आलमदेवी मन्दिरको अध्यक्षमा पृथ थापा निर्वाचित

स्याङ्जा, श्रावण २८
स्याङ्जाको एतिहाशिक आलमदेवी मन्दिर ब्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन भएको छ । आगामी दुई वर्षका लागी पृथ थापामगर ( प्रित)को अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको निर्वतमान अध्यक्ष प्रेम थापा मगरले जानकारी दिनुभयो ।

निर्वतमान अध्यक्ष प्रेम रानाको अध्यक्षतामा भएको मन्दिर पूजा ब्यवस्थापन समितिको साधारणसभाले समिति उपाध्यक्षमा टोप बहादुर राना, सचिवमा दिपक प्रसाद घिले, सचिव रेमन सिंह थापा र कोषाध्यक्ष कोमल रानालाई सर्वसम्मत निर्वाचित गरेको हो । सदस्यहरुमा नन्दीराना, खड्क बहादुर आले, युगेश राना, समिर थापा, रुकमाया राना, पूर्णकला बिक, सिता राना, मिलन राना, विशाल थापा र राधा थापा रहेका छन् ।

नवविर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यसफलताको शुभकामना दिदै निवर्तमान अध्यक्ष प्रेम सिं. रानाले आगामी दिनमा आलमदेबी मन्दिरको हरेक कार्यमा नयाँ समिति संगै रहेर सक्रिय रुपमा अघि बढ्ने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पृथ थापाले यस अघिका समितिको कार्यहरुको उच्च मूल्याङ्कन गर्दे विगतका समितिले गरेका सकारात्मक कार्यहरुलाई निरन्तरता दिने बताउनुभयो ।

आलमदेवीको गरिमा र महिमालाई अझै प्रगाढ बनाउँदै धार्मिक पर्यटनको विकासमा निरन्तर रुपमा अघि बढ्ने अध्यक्ष थापाले प्रतिबद्धता जनाउनुभयो । आलमदेबी मन्दिर स्याङ्जाको दक्षिणपश्चिम कालीगण्डकी गाउँपालिका ३ लसर्घामा छ । झण्डै ३ सय ७२ वर्षअघि स्थापित यो मन्दिर शाह बंशीय कुलदेवताको मन्दिर हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *