पाल्पा, श्रावण ९
आईतबार बेलुकी पाल्पामा भएको बस दुुर्घटनामा ज्यान गुमाएका ६ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी मुसिकोट–४ का ४० वर्षिय लालबहादुर राना, गुल्मी चन्द्रकोट ८ का १५ वर्षिय प्रवेश काफ्ले, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षिय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षिया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षिय ओमकला थापारहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागी छुटेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका चालक सहित १६ जनाको तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ ।
दुर्घटनामा घाइते चालक रुपन्देही कन्चन गाउँपालिका ५ का ३३ वर्षिय किशन श्रीस, रुपन्देही बडीघाट गाउँपालिका १० निगलपानीका १८ वर्षिया सिजन थापा, रुपन्देही कालीकानगर ११ का ५७ वर्षिय गोबिन्द थापा, गुल्मी मुझुवाकी २१ वर्षिया रचना सुवेदी,
गुल्मी चन्द्रकोट ८ मुझुवा का १८ वर्षिया प्रीयङ्का काफ्ले, गुल्मी चन्द्रकोट गाउँपालिका ३१ वर्षिय चन्द्र बहादुर कामी, कपिलबस्तु बाणगंगा २ का ४२ वर्षिय पिताम्बर रेश्मी, गुल्मी चन्द्रकोट गाउँपालिका ८ मझुवाका ६ वर्षिय रिया सुवेदी, गुल्मी सत्यवती गाउँपालिका ६ खैरेनीका १५ वर्षिय पुजन ढकाल, बाग्लुङ्ग पाटन नगरपालिका १ का ३० वर्षिय टेकलाल रसाईली, रौतहट बिरेन्द्रबन ७ का २८ वर्षिय सन्जय कुमार पाठक, म्याग्दी रुमा गाउँपालिका २ का ४ वर्षिय बिश्वास रोका, म्याग्दी रुपा ४ कै ३९ वर्षिया सुमित्रा रोका र रुपन्देही देबदह नगरपालिका ७ का ६१ वर्षिय खडक बहादुर बिकको तानसेन स्थित युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेको छ ।