पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गयो १६ घाईतेको उपचार हुँदै

पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गयो १६ घाईतेको उपचार हुँदै
पाल्पा, श्रावण ८
पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै सनाखत हुन सकेको छैन । उनीहरुको घटनास्थलमै ज्यान गएको हो । घाईते १६ जनाको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

ज्यान गुमाएका ३ पुरुष र ३ महिला छन् । घाईते मध्ये २ जनाको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ ।

बाग्लुङ्ग बुर्तिवाङ्ग देखि बुटवलका लागी छुटेको लु १ ख ५९५२ नम्बरको बस आईतबार बेलुकी पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते चालक रुपन्देही कन्चन गाउँपालिका ५ का ३३ वर्षिय किशन श्रीस, रुपन्देही बडीघाट गाउँपालिका १० निगलपानीका १८ वर्षिया सिजन थापा, रुपन्देही कालीकानगर ११ का ५७ वर्षिय गोबिन्द थापा, गुल्मी मुझुवाकी २१ वर्षिया रचना सुवेदी, गुल्मी चन्द्रकोट ८ मुझुवा का १८ वर्षिया प्रीयङ्का काफ्ले, गुल्मी चन्द्रकोट गाउँपालिका ३१ वर्षिय चन्द्र बहादुर कामी, कपिलबस्तु बाणगंगा २ का ४२ वर्षिय पिताम्बर रेश्मी, गुल्मी चन्द्रकोट गाउँपालिका ८ मझुवाका ६ वर्षिय रिया सुवेदी, गुल्मी सत्यवती गाउँपालिका ६ खैरेनीका १५ वर्षिय पुजन ढकाल, बाग्लुङ्ग पाटन नगरपालिका १ का ३० वर्षिय टेकलाल रसाईली, रौतहट बिरेन्द्रबन ७ का २८ वर्षिय सन्जय कुमार पाठक, म्याग्दी रुमा गाउँपालिका २ का ४ वर्षिय बिश्वास रोका, म्याग्दी रुपा ४ कै ३९ वर्षिया सुमित्रा रोका र रुपन्देही देबदह नगरपालिका ७ का ६१ वर्षिय खडक बहादुर बिकको तानसेन स्थित युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेको छ । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *