पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गयो १६ घाईते

पाल्पा, श्रावण ८

पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । घाईते १६ जनाको उद्धार गरी जिल्ला सदरमुकाम तानसेनका २ अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । बाग्लुङ्ग बुर्तिवाङ्ग देखि बुटवलका लागी छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटनामा हुँदा २ महिला र ४ पुरुष गरी ६ जनाको घटनास्थलमै ज्यान गएको स्थानीय हार्थोक प्रहरी चौकीले जनाएको छ ।

१६ जनालाई उद्धार गरी पाल्पा सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज र युनाईटेड मिसन अस्पताल पठाएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ८० मिटर तल खसेको स्थानीयले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *