जिसस पाल्पामा एमालेको प्यानल विजयी

पाल्पा, असार ३
जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानल विजयी भएको छ । प्रमुखमा टंकनाथ खनाल र उपप्रमुखमा काशिका गैरे निर्वाचित हुुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यहरूमा बसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशबराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित हुनुभएको हो । समन्वय समितिको प्रमुखमा निर्वाचित खनालले ११ मत प्राप्त गर्नुभयो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काग्रेसका यमलाल तिमिल्सिनाले ९ मत मात्र प्राप्त गर्नुभयो । एमालेकै तर्फबाट उपप्रमुखमा निर्वाचित गैरेले ११ र उहाका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कृष्ण भुसालले ९ मत पाउनुभयो । जिससको निर्वाचनमा जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखलेमात्र मतदान गर्न पाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *