पाल्पा बुटवल सडकमा तीन महिना सम्म टिपर चलाउन नपाईने

पाल्पा, असार २ गते
पाल्पा बुटवल सडक खण्डमा तीन महिना सम्म टिपर सञ्चालन रोक लगाइएको छ । सडक डिभिजन कार्यालय, पाल्पाले सूचना निकालेर भदौ मसान्तसम्म टिपर सञ्चालनमा रोक लगाएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकका बिभिन्न स्थानमा कालोपत्रे गर्ने काम भइरहेको छ ।

ठूला र भारवहन बढी रहेका सवारीसाधन सञ्चालन हुँदा कालोपत्रे सडकलाई असर गर्ने र सडक जीर्ण बन्ने भएकाले टिपर सञ्चालनमा रोक लगाएको कार्यालयले जनाएको छ । पाल्पा बुटवल सडकमा पछिल्लो समय दैनिक ३५ सय बढी टिपर सञ्चालन हुँदै आएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *