पाल्पा, असार २
पाल्पाको रानीमहल नजिकै कालीगण्डकी नदीमा र्याफ्टिङ्का क्रममा बेपक्ता भएका ७ जनाकै उद्धार भएको छ । बिहीबार साँझ पौने ७ बजेतिर र्याफ्टिङ् गर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका सात जना भारतीय नागरिकको उद्धार भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
रानीमहलको सुरक्षार्थ खटिएका प्रहरी र डुङ्गा चालकको सहयोगमा नदीमा बेपत्ता भएका सबैको सकुशल उद्दार भएको हो । उनीहरुलाई रानीमहलदेखि डेढ किलोमिटर तलबाट उद्दार गरिएको हो । बेपक्ता सबैले सेफ्टी ज्याकेट लगाएका कारण सकुशल उद्दार भएको प्रहरीले जनाएको छ ।