पाल्पाका पूर्वसांसद थापाको निधन

पाल्पा, जेठ २८
पाल्पाका पूर्व सांसद भद्र बहादुर थापा मगरको निधन भएको छ । पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता ७० वर्षिय थापाको शनिबार बिहान निधन भएको हो । २०५६ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाको रामपुर नगरपालिका १० स्थित आफ्नै निवासमा निधन भएको हो । केही वर्ष अघि देखि मुटुको रोगबाट ग्रसित थापा स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्वशिक्षक पनि हुनुहुन्थ्यो ।

२०४७ सालमा संविधान जारी भएपछि २०४९ को स्थानीय तह चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष हुनुभएका उहा २०५४ मा पुन साविकको वडा नम्बर ४ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि थापा पाल्पा जिल्ला विकास समितिको उपसभापति हुनुभएको थियो । २०६४ सालमा अन्तरिम विधायिका सदस्य रहनुभएका थापा पछिल्लो समय ने.क.पा एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्य रहनुभएको थियो । उहाका श्रीमती, एक छोरा र एक छोरी रहनुभएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *