पाल्पा, जेठ ४
पाल्पाको बगनासकाली गाउँपालिकामा ने.क.पा. एमाले विजयी भएको छ । एमाले उम्मेद्धार निवर्तमान पालिका उपाध्यक्ष समेत रहनुभएकी सरस्वती चिदी अध्यक्ष पदमा विजयी हुनुभएको हो । अध्यक्ष चिदिले ६ हजार ४ सय ६६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गर्नुभयो ।
पालिका उपाध्यक्षमा एमालेका हरि पाठक ५ हजार ८ सय ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेयले ४ हजार ७ सय ७८ मत प्राप्त गर्नुभएको छ । ९ वडा रहेको बगनासकाली गाउँपालिकामा ६ वटामा नेकपा एमाले विजयी भएको छ भने ३ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बगनासकालीमा यस अघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।