पाल्पाको तानसेनमा मेयर काग्रेस र उपमेयरमा माओबादी केन्द्र बिजयी

पाल्पा, जेठ ३
पाल्पाको तानसेन नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी हुनुभएको छ । उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रतिक्षा सिंजाली विजयी हुनुभयो । पाँच दलीय गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गर्नुभएको छ ।  उपप्रमुखमा माओवादी केन्द्रकी प्रतिक्षा सिंजालीले ११ हजार १ सय ५१ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत प्राप्त गर्नुभयो ।

१४ वडा रहेको तानसेन नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ११ र १२ मा नेपाली कांग्रेस विजयी भएको छ । वडा नम्बर ८, ९, १० र १४ मा नेकपा एमाले र वडा नम्बर १३ मा नेकपा माओवादी केन्द्रले जितेको छ । कुल ३३ हजार ७ सय ६९ मतदाता रहेको तानसेनमा २३ हजार २ सय ५३ मत खसेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *