पाल्पा, जेठ २
पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा रमण बहादुर थापा र उपप्रमुखमा बाल कुमारी थापा विजयी हुनुभएको हो । विजयी प्रमुख थापा यघिका नगरप्रमुखनै हुनुहुन्छ । १० हजार ४ सय ५६ मतका साथ थापा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत मत प्राप्त गर्नुभयो । उपप्रमुखमा १० हजार ३ सय ७ मत प्राप्त गरी बालकुमारी बिजयी हुँदा प्रतिस्पर्धी ने.क.पा एमालेकी दुर्गादेवी रानाले १० हजार २ सय ५० मत प्राप्त गर्नुभएको हो । नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १ सय ६८, स्वतन्त्र उम्मेदवार प्रेमप्रकाश श्रेष्ठले २७, मंगोल अर्गनाईजेशन नेपालका माया सुनारले २७ र जनता समाजवादी पार्टीका निराजन रेग्मीले २९ मत प्राप्त प्राप्त गरेका छन् ।
नगर उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गायत्री न्यौपाने १५७ र मंगोल अर्गनाईजेशन नेपालका भिमबहादुर आलेले २६ मत प्राप्त गरेका छन् । १० वडा रहेको रामपुरका ७ वडामा नेपाली कांग्रेस र ३ वटामा नेकपा एमाले विजयी भएका हुन् । वडा नं. १, २, ४, ५, ६, ७ र ९ मा नेपाली कांग्रेस र वडा नं. ३, ८ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् । २९ हजार ६७ मतदाता रहेको रामपुरमा ७३ दशमलव ५७ अर्थात २१ हजार ३ सय ८५ मत खसेको थियो ।