पाल्पाको रैनादेवीछहरामा काग्रेस अध्यक्ष र माओबादी केन्द्र उपाध्यक्षमा विजयी

पाल्पा, जेठ ३
पाल्पाको रैनादेवीछहरा गाउँपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा नेपाली काग्रेसका रुक्मागत भट्राई र उपाध्यक्षमा ने.क.पा. माओबादी केन्द्रका युवराज थापा बिजयी हुनुभएको हो । अध्यक्षमा विजयी भट्राईले ६ हजार ६ सय ४३ मत प्राप्त गर्नुभयो । उहाका प्रतिस्पर्धी ने.क.पा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

विजयी उपाध्यक्ष माओबादी केन्द्रका युवराज थापाले ६ हजार ३ सय ७ मत प्राप्त गर्दा उहाका प्रतिस्पर्धी ने.क.पा. एमालेकी गिता भट्राई (घिमिरे)ले ५ हजार ७ सय ६१ मत प्राप्त गर्नुभएको छ । रैनादेबीछहरा गाउँपालिकामा ८ वडा मध्ये भुवनपोखरी र सिद्धेश्वरमा माओबादी केन्द्रका वडाअध्यक्ष बिजयी भएका छन् । ने.क.पा. एमाले सत्यवती र छहरामा बिजयी भएको हो भने नेपाली काग्रेस सोमादी,मुझुङ, जुठापौवा, बल्ढेङगढीमा विजयी भएका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *