पाल्पा, जेठ ३ गते
पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली काग्रेसकी कान्ता अधिकारी विजयी हुनुभयो । गठबन्धनका उम्मेद्वार कार्की र अधिकारीले यसअघि एमालेबाट अध्यक्षमा निर्वाचित भएका नारायण बहादुर जिसी र उपाध्यक्ष निर्वाचित लक्ष्मी खनाललाई पराजित गरेका हुन् ।
अध्यक्ष काकीले ५ हजार ७ सय ७ मत प्राप्त गरी बिजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका जिसीले ४ हजार ६ सय २६ मत पाउनुभएको छ । उपाध्यक्ष अधिकारीले ५ हजार ४ सय ७९ मतका साथ बिजयी हुनुभयो भने प्रतिस्पर्धी खनालले ४ हजार ९ सय २६ मत प्राप्त गर्नुभएको छ । ८ वडा रहेको रिब्दीकोटमा ६ वडा गठबन्धनले र २ वडा नेकपा एमालेले जितेको छ । निर्वाचनमा ११ हजार २ सय ५९ मत खसेको थियो ।