पाल्पाको तिनाउँ र पूर्बखोला गाउँपालिकामा एमाले बिजयी

पाल्पा, जेठ २

पाल्पाको पूर्बखोला र तिनाउँ गाउँपालिकामा नेकपा एमाले बिजयी भएका छन् । तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले जम्मा खसेको १० हजार ३१६ मतमध्ये ५ हजार ९० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका लालबहादुर थापा विजयी हुनुभयो । उहाँले ५ हजार ८२ मत प्राप्त गर्नुभएको छ छ । प्रतिस्पर्धी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा तिनाउ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।

तिनाउ गाउँपालिकाको वडाध्यक्षमा १ मा एमालेका भुवानसिंह चिदी, वडा नम्बर २ मा एमालेकै यादव अर्याल, ३ मा काग्रेसका चित्रबहादुर थापा , ४ मा एमालेका तुलबहादुर आले, वडा नम्बर ५ मा एमालेका इन्द्रा चिदी र वडा नम्बर ६ मा काग्रेसका टोमबहादुर पुन विजयी हुनुभएको छ ।
पूर्वखोला गाउँपालिकामा एमाले बिजयी
पाल्पाको पूर्बखोला गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका नुन बहादुर थापा र उपाध्यक्षमा एमालेकै भागिरथि शर्मा (भट्राई ) निर्वाचित भएका हुन् । अध्यक्ष थापाले ६ हजार ४९ मत सहित बिजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका मिन प्रसाद गिरिले १ हजार २ सय ५७ मत प्राप्त गर्नुभएको हो ।

उपाध्यक्ष शर्मा (भट्राई)ले ५ हजार ८ सय ९४ मत प्राप्त गरी बिजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काग्रेसकी उम्मेद्धार विष्णु कुमारी आचार्यले २ हजार २ सय ५० मत प्राप्त गर्नुभएको छ । निर्वाचित अध्यक्ष उपाध्यक्ष पुरानै अनुहार हुन् ।
८ हजार ७ सय ५९ मत खसेको पूर्वखोलामा ६ वटै वडामा नेकपा एमालेको प्यानलनै बिजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *