को हुन् सत्यवति गाउँपालिका, गुल्मीमा उपप्रमुखका उम्मेद्धार निरमाया ?

गुल्मी, बैशाख २५

सत्यवती गाउपालिका २, चेहेमीमा स्थाई बसोबास गर्नुहुने स्वर्गिय बुवा गोपाल तरामु मगर र आमा देवकली तरामु मगर को कोखबाट आठ सन्तान मध्य छैठौ र चार छोरी मध्य (साईली ) तेस्रो सन्तान को रुपमा २०४१ सालमा जन्मनुभएका निरमाया तरामु मगरले प्रारम्भिक शिक्षा घर नजिकैको श्री लक्ष्मिपुर निम्नमाध्यमिक बिद्यालय बाट सुरुगर्नुभएको थियो । कक्षा आठ देखी एस्एलसी सम्मको अध्ययन श्री आदर्श माध्यमिक बिद्यालय, स्याङजा बाट प्राप्त गर्नुभयो । एसएलसी पस्चात थप अध्ययनलाई निरन्तरता दिन बुटवल बहुमुखी क्याम्पस, बुटवलको ढोकामा पुग्नुभएकी निरमाया ज्यू ले त्रिभुवन बिश्वबिद्यालय बाट नेपाली बिषयमा स्नाकोत्तर र राजनैतिक सास्त्र बिषयमा अध्ययन गर्नुभएको छ । शैक्षिकज्ञान हासिल गरिसकेपछी उहॉले सहरिया रमझम छोडी आफुले प्राप्तगरेको ज्ञान सिप र अनुभव जन्मथलोका भबिस्यका ति कर्णधार बालबालिकाहरु संग साटासाट गर्ने निधो गर्नुभयो र २०६४ सालमा आफैले क,ख सिकेको बिद्यालय पुग्नुभयो । बिद्यालयमा आबद्द भएदेखी २०७९ सम्म अनवरत रूपमा अध्यापन एवं शैक्षिक, ब्यबस्थापकीय, प्रशासनिक कार्यमा समेत समर्पित रहि विद्यालयको सर्वाङ्गिण पक्षको उन्नयनका लागि आफ्नो जीवनको महत्वपूर्ण समय खर्चेर शैक्षिक क्षेत्रमा अनुकरणीय र अबिष्मणीय योगदान दिनु भएको छ । श्री लक्षमिपुर मा वि को शिक्षक भैरहदा आफ्नो टोल, समाज र देशमा जरोगाडेर बसेको बेथिती, बिसंगती, कुरिती, कुसंस्कार, सामाजिक बिभेद, अन्याय अत्याचार, महिला तथा घरेलु हिंसा, कुलत आदी बिषय हरुमा दविएर रहेका आवाजहरु बुलंन्द गर्दै समाजलाई सु—सुचित, सुसंस्कृत र सभ्य वनाउदै आउनुभयो।

“काम गर्दैजानुहोस मान स्वतहः प्राप्त हुदैजान्छ” भन्ने मान्यता राख्नुहुने निरमाया बिद्यालयबाट धेरै बिधामा सम्मानित हुने कर्मचारी मध्यमा पर्नुहुन्छ । त्यस्तै समाजमा सकारात्मक सन्देशहरु बुलंन्द गर्दै स्थानिय श्री सृजनसिल युवा क्लवको एतिहासिक महिला अध्यक्ष, मगर संघ, सत्यवती गाउपालिकाको अध्यक्ष, मगर महिला संघ लुम्बिनी प्रदेशको सहसचिव जस्तो जिम्वेवारीमा रहेर कौशलता र क्षमता देखाउनु भएको छ । हिमवन्ती, एड्वान जस्ता संस्थासंग सहकार्यगरी कार्यसम्पादन अनुभव पनी उहाँसंग छ । त्यस्तै नेपाल राहात सिक्षक संघ को केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्जको भुमिकामा रही कामगर्नुभएको छ । सामाजिक कार्यमा आफुलाई अभ्यस्त गर्दैगर्दा उहॉ राजनैतिक चेतना र राजनैतिक जागरणमा पनी आफुलाई सहभागी गर्दै लानुभयो । सामाजिक चेतना संगै राजनैतिक चेतना पनी हुन जरुरी छ भन्दै समाजलाई सुसूचित गर्दै आफु जन्मेको समाज संगसंगै हातेमालो गर्दै हिड्नुभयो । सामाजिक तथा राजनैतिक क्षेत्रमा आफुलाई समाहित गर्दैगर्दा उहॉले उठान गर्नुभएका मुद्दा, बिषयबस्तुहरु नेकपा एमालेले उठान गर्दैगरेका मुद्दाहरु संग मेल खानगयो र आफुलाई स्वतह गौरवशाली पार्टी नेकपा (एकिकृत माक्र्सवादी लेनिलनवार्दी ) मा समाहित गर्दै राजनैतिक दलको संगठित सदस्यता लिनुभयो र पार्टीले अघि बढाएका बिकाश, सुसासन तथा राष्ट्रीय स्वाभिमानका मुद्दाहरु जन जन पुर्याउनुभयो । कुसासन बेथिती बिरुद्ध खवरदारी गर्नुभयो । समाजमा उहाले पुर्याएको योगदान पार्टी
प्रतिको प्रतिबद्धता र कटिबद्धताको कदर गर्दै नेकपा एमाले ले बिभिन्न जिम्वेवारी सुम्पिदै गयो । जिम्वेवारी बहन गर्ने सिलसिलामा नेकपा एमालेको भातृ संगठन, युथफोर्स नेपालको केन्द्रीय सदस्य,अखिल नेपाल महिला संघ, गुल्मीको निबर्तमान सदस्य हुदै सचिब र हाल अनेम संघ सत्यवती गाउपालिका को अध्यक्ष हुनुहुन्छ । हाल देश स्थानिय निर्वाचनमा होमिएको छ, स्थानिय निकाय र सरकार प्रत्यक्ष स्थानिय जनतासंग घुलमिल हुन सक्ने, स्थानिय आबश्यकता र महत्व बुझ्न सक्ने, शिक्षा, स्वास्थ्य, रोजगार तथा आयआर्जनबृद्धी, सुलभ र सहजताका साथ सरकारवाट प्राप्त सेवासुबिधा आदी बिषयहरु प्रत्येक जन जन ले प्राप्तगर्नसक्ने बातावरण बनाउनको लागी जनप्रतिनिधी नै सरल, सबल र सक्षम हुनुपर्दछ भन्दै नेकपा एमाले गुल्मी जिल्लाले जनसेवामा अनुभवी सालिन स्वच्छ छवि जनताको सेवामा हरेक हिसावले अहोरात्र खट्न सक्ने ब्यक्तित्व टिकाराम पाण्डेज्यु को नेतृवमा निरमाया तरामुज्यु लाई पालिका उपप्रमुखको रुममा अगाडी सारेको छ ।
प्राकृतिक र मानविय जिवन चक्रलाई निरन्तरता दिदै नेकपा एमालेको तर्फबाट उप प्रमुखकी उमेद्वार निरमाया तरामु ज्युले २०७६ सालमा श्री शालिकराम बगाले मगरज्यु संग बैभाहिक बंधनमा बाधिनुभएको हो । श्रीमान संग राजनैतिक, सामाजिक उत्तरदायित्व समाज सुसुचित, सभ्य, आत्मनिर्भर वनाउने गोरेटो र लक्ष्य सम्पुर्णमा बैचारीक तथा कार्यनीति मेलखाने हुनाले उहाँलाई सामाजिक तथा राजनैतिक क्षेत्रमा कृयासिल हुन थप सहज बनेको छ । समाजसेवा गर्न उहाँलाई पारिवारका सासु(ससुरा,श्रीमान, तिन जेठाजु र दुई नन्द लगायत सम्पुर्ण कुल खलक बाट शुभ आशिर्बाद सहित हरेक हिसावले साथ र सहयोग छ । सोही पारिवारिक आशिर्वाद लिएर हौसिदै नेकपा एमालेले ल्याएको “समृद्ध नेपाल, सुखी नेपाली” नाराका साथ सत्यवतीका आम जनसमुदायमा अफ्नो बिचार र कार्ययोजना सहित प्रस्तुत हुनुभएकी निरमाया आफुलाई अमुल्य मत दिई अनुमोदित गरिदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ । उहॉले हरेक पल, हरेक समस्या, बिकास, सुसासन र हरेक सकारात्मक पाईलाहरुलाई अहोरात्र खटेर जनतासंग समन्वयन र सहकार्य गर्ने प्रतिबद्धता पनी ब्यक्त गर्नुभएको छ । हाल बैदेसिक रोजगारमा रहनुभएका उहॉका श्रीमान् ज्यु पनी सामाजिक तथा राजनीतिक क्षेत्रमा आफुलाई त्यत्तिकै अभ्यस्त बनाई रहनुभएको छ । उहॉ स्थानिय थ्रि स्टार युवा क्लव हाटीफर्साटिकर, रुपन्देहीको संस्थापक अध्यक्ष, मगर बिध्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पस को उपाध्यक्ष, मगर बिध्यार्थी संघ जिल्ला कार्यसमिति रुपन्देहीको सदस्य, हाटीफर्साटिकर, गाविसको युथफोर्स नेपालको संस्थापक अध्यक्ष, युवा संघ जिल्ला कार्यसमिति रुपन्देहीको सदस्य, हाल कर्मथलोमा गठित मगर संघ, मकाउ को संस्थापक सचिव, प्रवासी नेपाली मन्च, मकाउ को कार्यवाहक सचिव र प्रवासी नेपाली मन्च, पुर्वि एसिया महादेशीय कमिटीमा कार्यसमिति सदस्यको जिम्मेवारी मा हुनुहुन्छ । श्रीमान् संग सामाजिक, राजनैतिक र जनजागरणका बिषयहरुमा बैचारिक तथा कार्यगतहिसावले मेल खाने भएकोले निरुमाया तरामुलाई अगाडी बड्नको लागी थप उत्साहित र हौसाएको छ । आशा छ राजनैतिक बिधा बाट सामाज सेवागर्ने वहॉको दृढईच्छा लाई जनताले अनुमोदन गरिदिनुहुनेछ । आगामी दिनहरुमा थप जनसेवा गर्ने हौसला र उर्जा मिल्नेछ भन्दै हरेक सकारात्मक पाईलाहरुमा सफलता मिल्दै जाओस् शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *