निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पाल्पाका दलहरुबिच साझा प्रतिवद्धता


पाल्पा, बैशाख २५
पाल्पाका ७ राजनितिकदलहरुले स्थानीयतह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनिय र भयरहित बनाउन साझा प्रतिवद्धता व्यक्त गरेका छन । आईतवार पाल्पा बिकास केन्द्रले तानसेनमा आयोजना गरेको कार्यक्रममा बोल्दै पाल्पाका राजनितिकदलहरुले निर्वाचन आचार संहिता पुर्ण रुपमा पालन गर्ने, स्वच्छ भयरहित वातावारणमा प्रचार प्रसार गर्ने, आ—आफ्ना कार्यकर्ताहरु लाई संयमित भएर चुनावी अभियान लाग्ने प्रतिवद्धता व्यक्त गर्दे ७ बुदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन ।एक आपसमा सम्मानजनक व्यबहार गर्ने, मान प्रतिष्ठा इज्जतमा आच आउने किसिमका गतिविधीहरु नगर्ने र कुनै समस्या भए तत्काल रोक्ने जनाएका छन् ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचिव रामजी पोखरेल, नेकपा माओवादी केन्द्र पाल्पाका सहइन्चाज अनिल किशोर घिमिरे, नेकपा एकिकृत समाजवादी पाल्पाका सचिव मोहनलाल गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नर्मती सिंजाली र राष्ट्रिय जनमुक्ति पाटीका जिल्ला अध्यक्ष नारायण बहादुर कुवँरले स्वच्छ, निष्पक्ष भयरहित स्थानीय निर्वाचनको लागी,आयोगले जारी गरेको आचार संहिता पुर्ण रुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनीहरुले प्रचार प्रसारमा वालवालिकाहरु प्रयोग नगर्ने, जुलुस, आमसभा, कोणसभा बैठक भेला वा अन्य कार्यक्रम लाई एक अर्काे दलले वाधा नपुर्याउने समेत प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *