पाल्पा, बैशाख २३
घर जल्दा पाल्पामा एक बृद्धको ज्यान गएको छ । अगोलागीमा परि रैनादेवी छहरा गाउँपालिका ४ का ७९ वर्षिय मानबहादुर सोमै मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घरमा एक्लै बस्दै आउनुभएका सोमैको घरमा गएराति करिब एक बजेतिर आगो लागेको प्रहरीको भनाई छ । आगोले घर पूरै जलेर नष्ट भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।