शुक्रबार बेलुकी पाल्पामा भएको बस दुर्घटनामा २ जनाको ज्यान गयो, ४ बालबालिका गंभिर

पाल्पा, बैशाख ३
शुक्रबार बेलुकी पाल्पामा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ । ४ जना बालबालीका गंभिर घाईते भएका छन् । रैनादेवी छहरा–६, जुठापौवामा भएको दुर्घटनामा रैनादेवी छहरा–६, धारापानीका चालक ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । गंभिर घाईते जीसी र अशोकलाई जिल्ला अस्पताल पाल्पाले शनिबार बिहान ५ बजे मृत घोषित गरेको हो ।
घाईते स्थानीय ७ वर्षका रोहित घर्ती, ८ वर्षिय मिलन बगाले, ८ वर्षकै रोमन घर्ती र ९ वर्षका खिमबहादुर घर्तीको प्रभास, तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । उनीहरु सबैको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ । रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागी छुटेको ग १ ख ४९०२ नम्बरको बस सडक देखि झण्डै ४ सय मिटर तल खसेर दुर्घटना भएको हो । साँघुरो बाटोमा बस अत्याधिक गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *