पाल्पा, पौष १८
पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएका ७ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा मालारानी गाउँपालिका २ अर्घाखाँचीका २५ वर्षिय शंकर बिक, सोही स्थानका ३६ वर्षिय मोहन कुवर, २८ वर्षिय भोजेन्द्र बिक, ३३ वर्षिय अर्जुन विक, रुपन्देही बुटवल उपमहानगरपालिका ११ का ३२ वर्षिय बिजय थापा क्षेत्री, रुपन्देही बुटवल उपमहानगरपालिका १७ का ३० वर्षिय पशुपति रसाईली र सोही स्थानका ४० वर्षिय खुम बहादुर रानाको घटना स्थलमै ज्यान गएको हो ।
घाइते १६ जनाको तानसेन स्थित युनाईटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
रुपन्देहीबाट शव बोकेर अन्त्येष्टिका लागी रिडिधामका लागी छुटेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिका लघुवामा आज बिहान दुर्घटनामा परेको हो । चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।