आदर्श मगर सेवा समितिले गर्यो दृष्टिवीहिन बिद्यार्थीलाई न्यानो कपडा वितरण

पाल्पा, पौष ३
आदर्श मगर सेवा समिति गुठी, तानसेन ४ विशालबजार, पाल्पाले दृष्टिवीहिन बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण तथा भोजनदान सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी दमकडा नमुना माबिका २४ जना दृष्टिवीहिन विद्यार्थीहरुलाई न्यानो कपडा वितरणका साथै भोजनदान गरेको हो ।
न्यानोकपडा वितरण तथा भोजनदान कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार आर्यलले २०५२ सालमा स्थानीयले एक एक छाक दिएर संचालन गरेको बिद्यालयको दृष्टिविहीन शाखाबाट अहिले सम्म एक सय २० बढी बिद्यार्थीहरुले उच्च शिक्षा प्राप्त गरि विभिन्न निकायमा स्थापित भैसकेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक मोहन शापकोटाले वरिपरि तथा छरछिमेकका दृष्टिबिहिन बालवालिकाहरु अलपत्र परेको भए खवर गर्न आग्रह गर्दे उनीहरुलाई आफूहरुले विद्यालयमै राखेर निशुल्क पठनपाठनको ब्यवस्था गर्ने जानकारी दिनुभयो । २५ वर्ष देखि निरन्तर संचालन भैरहेको दृष्टिबिहिन शाखालाई बिभिन्न ब्यक्ति तथा संघसंस्थाहरु बाट बिभिन्न सहयोग आइरहेको भन्दै बिद्यालयका प्र.अ सापकोटाले दृष्टिबिहिन बालबालीकाहरुले पढ्न पाउने अधिकार बाट बन्चित हुन नदिन सबैले सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै आदर्श मगर सेवा समितिका सल्लाहकार होम बहादुर थापा र समितिका सदस्य बृहस्पति रानाले सामाजिक सेवाभावले स्थापना भएको समितिबाट हरेक बर्ष बिभिन्न क्षेत्रमा यसरीनै सहयोग गरिरहेको जानकारी दिदै दृष्टिबिहिन बालबालीकाको संरक्षण र पढाईलेखाईको वाताबरण सिर्जना गरेकोमा बिद्यालय परिवारलाई धन्यबाद दिनुभयो ।

पत्रकार देब पचभैयाले फरक क्षमता भएका विद्यार्थीहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिदै उनीहरुले स्थान र अवसर पाए अरुले झन् धेरै उपलब्धी गरि समाजमा उदाहरणीय काम गर्न सक्ने बताउनुभयो ।

शिक्षक कृष्णपराजुलीले परिवार र छरछिमेकीको साथ र सहयोगबाट हौशला प्राप्त हुने भन्दै फरक क्षमता भएकाहरुले समाजमा राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण दमकडा माबिका बिद्यार्थीले देखाइदिएको बताउनुभयो ।

बिद्यालयका शिक्षक धनपति गैरेले संचालन गर्नुभएको कार्यक्रममा बिद्यार्थीहरुले गित तथा कबिता बाचन गर्दे सहयोगीहरुलाई धन्यबाद तथा आभार ब्यक्त गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *