पाल्पा बुटवल सडक पौष १३ सम्म दैनिक ७ घण्टा बन्द

पाल्पा, मंशिर २८
पाल्पा बुटवल सडक दैनिक ७ घण्टा बन्द हुदै छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड आगामी पौष १३ सम्म दैनिक ७ घण्टा बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाले सुचना जारी गरी मंशिर २८ देखि पुस १३ गतेसम्म राती साढे नौ देखि बिहान ४ बजे सम्म बाटो बन्द हुने जनाएको हो ।

सडक चौडा बनाउन पहाड कटानका लागी बन्द गरिएको सडक डिभिजन कार्यालयको भनाई छ । सिद्धबाबा देखि झुम्सापुल र कालिमाटीदेखि गौडेपुलसम्म काम भैरहेको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *