जाजरकोटमा भएको दुर्घटनामा पाँच जनाको ज्यान गयो

जाजरकोट, मंशिर १२
जाजरकोटमा भएको बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजार जान्दै गरेको ना ६ ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बसमा ३२ जना थिए । घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुँदै छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *