विप्लव समुहमाथिको प्रतिबन्ध आज देखि हट्दै , सकारात्मक भएको बार्ता आज पनि

काठमाण्डौं, फागुन २०
सरकारले नेत्रविक्रम चन्दको पार्टी नेकपामाथि लगाएको प्रतिबन्ध आजबाट हटाउने भएको छ । बुधबारको बैठकमा आजैदेखि विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध पनि हटाउने विषयमा सहमति भएको थियो । सरकार र विप्लव पक्षबीच बुधबार दुईपटकसम्म भएको वार्तापछि सबै विषयमा टुंगो लगाउन आज पुनः वार्ता हुँदैछ । बुधबारको वार्ता सकारात्मक भएको र आजदेखि प्रतिबन्ध हटाउने तयारी भएको विप्लव समूह नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । सरकारले २०७५ फागुन २८ गते सो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो ।

हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाएको हो । बुधबार भएको वार्तामा दुवै पक्ष समान धारणामा पुगेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *