बालुवा खानीमा पुरिएर पाल्पामा दुई जनाको ज्यान गयो

पाल्पा, फागुन ८
पाल्पामा बालुवा खानीमा पुरिएर दुई जनाको ज्यान गएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा पूर्वखोला गाउँपालिका–४ बालीपोखराका १३ वर्षिया पवित्रा सारु र ३६ वर्षिया माया देवी सिंहको ज्यान गएको हो । स्थानीय छेबकुन भन्ने स्थानमा रहेको बालुवा खानीमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । मृतक पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि स्थानीय मेडिकल लाने क्रममा बाटोमा ज्यान गएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *