गुल्मीमा भएको दुर्घटनामा ३ जनाको ज्यान गयो ६ घाइते

गुल्मी, फागुन ५
गुल्मीमा भएको जिप दुर्घटनामा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । बुधवार साँझ तम्घासबाट पराल्मीका लागि छुटेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका १४ को ठूलो पधेरा भन्ने स्थानमा भएको दुर्घटनामा २७ वर्षिया गोमा नेपाली, २८ वर्षिया शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

जीपमा सवार ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा ल्याइएको छ । ११ जना सवार जीपमा २ जना हाल फालेर जोगिएका थिए । उनीहरु सकुशल छन् । जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको स्थानीयले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *