काठमाण्डौं, माघ २२
नेकपाको प्रचण्ड–माधव समूहले आज आयोजना गरेको नेपाल बन्दले देशभरको जनजिवन प्रभावित भएको छ । संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा नेकपाले देशब्यापी आमहड्तालको आह्वान गरेको जनाएको छ । बन्दले सार्वजनिक यातायातका साधन चलेका छैनन् भने जार, शिक्षण, संस्था पसल व्यवसायल ठप्प भएका छन् । तर, एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शवबहान, परीक्षामा सहभागी हुने विद्यार्थीका सवारीसाधन निर्वाध रुपमा सञ्चालन भएका छन् । परीक्षा दिने विद्यार्थी , प्रवेश पत्र लिएर जाने विद्यार्थीलाई सवारी साधन लियर जाँदा छुट दिइएको बन्दकर्ताले जनाएका छन् । आमहड्ताल आव्हान गरिएसँगै विहानैदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुमा तोडफोड र आजगनी सुरु भएको छ । गोंगबूमा एउटा ट्याक्सीमा बन्दकर्ताहरुले आगो लगादिएका छन् । त्यस्तै काठमाडौंका विभिन्न स्थानमा ५ भन्दा बढी ट्याक्सी, बसमा तोडफोड भएको छ ।
प्रहरीका अनुसार, जवजर्जस्ती बन्द गराउन खोज्नेहरु २५ जना पक्राउ परेका छन् । विहानैदेखि आमहड्तालकारीहरु सडकमा निस्किएका छन् । सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति पनि छ । गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको बताएको छ बुधबार साँझ नै विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको थियो ।