मंगलबार दिउँसो १ बजे । ११ जना (४ पुरुष र ७ महिला )को समुहमा आएकाहरु तानसेन स्थित भगवती मन्दिरमा प्रबेश गरे । मन्दिर बन्द थियो । उनीहरु वरिपरि घुमे, केहीले भित्र केही देखिन्छ कि भनेर ढोका बाट चियाउने प्रयास पनि गरेका हुन् , अहं केही देखेनन् । महिलाहरुले धुप बाले, पुजा सामाग्री निकाले र मन्दिर घुमे । केही समय बाहिरै पुजा गरे आफु आफूमै टिका लगाए फर्किए ।
यसरी नै मन्दिरको दर्शन र पुजा गर्न दिउँसो आउनेहरु बन्द मन्दिरको बाहिरै बाट पुजा गरी फर्किने गरिरहेका छन् । बिहान र बेलुकी मात्रै खुल्ने पाल्पाको ऐतिहाशिक भगवती मन्दिर दिउँसो पनि खुल्नु पर्नेमा धेरैको मत छ ।
समितिले पनि प्रयास भैरहेको बताएको बर्षो भैसक्यो, तर अहिले सम्म यसरी नै दिउँसोमा आउने भतmजनहरु बन्द मन्दिरको ढोकामा पुजा र दर्शन गरेर फर्किरहनुपरेको छ । नेपाल अंग्रेज युद्धमा बिजयी भएको भाकल र खुशियालीमा स्थापना गरिएको भगवती मन्दिर बिहान साँझ मात्रै हैन, दिउँसो पनि संचालन कहिले होला ? धेरैको प्रश्न यही छ ।