पाल्पाका पहिरो प्रभावितलाई पाल्पा जिल्ला समाज यूकेको ७ लाख बढी आर्थिक सहयोग

पाल्पा, पौष १५
पाल्पाका पहिरो प्रभावितलाई पाल्पा जिल्ला समाज यू. के ले ७ लाख बढी आर्थिक सहयोग प्रदान गरेको छ । पहिरोले ज्यान गुमाएका, घरबार बिहिन भएकाहरुलाई पाल्पा जिल्ला समाज यू. के (पाल्पाली भञ्याङ्ग समाज)ले जाडोको समयमा घर निर्माण तथा न्यानो कपडाका लागी भन्दै ७ लाख १५ हजार आठ सय रुपियाँ सम्बन्धित घरपरिवारलाई प्रदान गरेको पाल्पा जिल्ला समाज यू. के का पूर्ब अध्यक्ष एबम् आर्थिक सहयोग संकलन समितिका संयोजक बम थापा दर्लामीले जानकारी दिनुभयो ।

पाल्पाको रम्भा गाउँपालिका, बगनाँसकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकामा पहिरोले ज्यान गुमाएका ६ जनाको आफन्तलाई ५० हजारका दरले ३ लाख रुपियाँ प्रदान गरेको हो ।

पाल्पाली समाजले तिनाउँ गाउँपालिकाका १५ जना, रम्भागाउँ पालिकाका १२ र रिब्दीकोट गाउँपालिकाका ६ जना गरी ३३ जना घरबार बिहिन तथा घर भत्किएकाहरुलाई ४ लाख १५ हजार ८ सय रुपियाँ प्रदान गरेको पाल्पा जिल्ला समाज यू. के का अध्यक्ष बचास्पति रेग्मीले जानकारी दिनुभयो ।

सम्बन्धित गाउँपालिकाको सिफारिसका आधारमा पालिका तथा स्थानिय सरकार प्रमुखको हातबाट सम्बन्धित घरपरिवारमै पुगेर आर्थिक सहयोग प्रदान गरेको पाल्पाली भञ्याङ्ग परिवारका नेपाल प्रतिनिधि इन्द्र थापाले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *