काठमाण्डौ, पौष ४
कोरोना संक्रमणको पुष्टि भए अव १० दिन मात्रै आइसोलेशनमा बसे पुग्ने भएको छ । सरकारले सङ्क्रमितको क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि घटाएर १० दिन बनाएको छ । यसअघि सङ्क्रमित क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि १४ दिन थियो । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण नसर्ने देखाएपछि क्वरेण्टीन वा आइसोलेशनमा बस्नुपर्ने समय अवधि घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।
सङ्क्रमणको लक्षण देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामी बाहेक सबै सङ्क्रमितलाई १० दिनमात्रै आइसोलेशनमा राख्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर समेत घट्दै जाँदा निको हुने दर बढेको छ ।