अन्यौलमा एसइई, परिक्षा कसले र कसरी लिने ?

काठमाण्डौं,मंशिर २९
यस बर्षको एसइई परिक्षा कसले संचालन गर्ने भन्ने अन्यौलता भएको छ । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले र कसरी सञ्चालन गर्ने भन्ने बारे अन्योल भएकाले सरकारको निर्णय कुर्नुपरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस बारेमा सरकारको निर्णय पर्खिरहेकाले परीक्षा सम्बन्धी तयारी अगाडि बढाएको छैन । यसबारेमा छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएपनि कुनै जवाफ नआएकाले बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताउनुभयो ।

यस वर्षको एसईई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने टुङ्गो लागेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष तयार गरेको संघीय शिक्षा ऐनको विधेयकमा एसईई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ का कारण गत २०७६ सालको एसईईमा विद्यालयलाई नै विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने जिम्मा दिइएको थियो । बर्सेनि असोज पहिलो साता कक्षा १० का विद्यार्थीलाई आवेदन फाराम भर्न लगाइन्थ्यो । यस पटक मङ्सिर सकिन लाग्दा पनि आवेदन फाराम खुलाइएको छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *