कोरोनाले लियो वरिष्ठ सर्जन मुडभरीको ज्यान

काठमाण्डौं, मंशिर ६
कोरोना संक्रमणका कारण वरिष्ठ सर्जन डा.धु्रव शर्मा मुडभरीको ज्यान गएको छ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. शर्मा मुडभरीको ७७ वर्षको उमेरमा शनिबार ओम अस्पतालमा ज्यान गएको हो । उहाँ २ हप्ता देखि कोरोना संक्रमणसँगै जुधिरहनुभएको थियो । कडा निमोनिया भएपछि उहाँलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका निभाउनुभएको थियो । उहाँले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गर्नुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *