कोरोना परीक्षण र निःशुल्क उपचार गर्ने आदेशमा पुर्नविचार गर्न सरकारले दिएको निवेदन सर्वोच्च द्धारा खारेज

काठमाण्डौं, कार्तिक २०
कोरोना सङ्क्रमण परीक्षण र निःशुल्क उपचार गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । बिहीबार सवोच्च अदालतका न्यायाधीशहरु सपना मल्ल प्रधान, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदन अघि नबढाउन आदेश दिएको हो । गएको असोज १५ गतेको फैसला उल्ट्यानुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयले सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन दर्ता गरेको थियो ।

१५ गतेको फैसलामा सर्वोच्चले कोरोना भाइरसको सङ्क्रमण छ ? छैन थाहा पाउन गरिने पीसीआर परीक्षण र उपचार निःशुल्क गर्न सरकारको नाममा परमादेश दिएको थियो । यो फैसलापछि सरकारले अब कोरोना परीक्षण र उपचारमा शुल्क लिन नपाउने भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *