प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने तयारी

रुपन्देही, असोज १६
प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा हुने लगभग पक्का भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको जनाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति भएको नेकपा स्रोतले जनाएको छ । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नाम र स्थायी राजधानी तोकिएको थिएन । रुपन्देही वा वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेश सभामा बिभिन्न मतहरु रहेका थिए । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री शंकर पोखरेले यस अघि नै दाङमा राजधानी बनाउने घोषणा गर्नुभएको थियो । पार्टीका महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा हुनुहुन्थ्यो । अहिले आएर अध्यक्ष द्धय बीच दाङमै राजधानी राख्ने सहमति जुटेपछि अब चाँडै राजधानीको सवाल टुङ्गो लाग्ने नेकपा नेताहरुले दाबी गरेका छन् ।

गएको पुसमा भएको पार्टीको स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले राजधानीबारे पार्टी केन्द्रलाई निर्णय गर्न आग्रह गर्नुभएको थियो । भालुवाङ बजार दाङको राप्ती गाउँपालिकामा रहेको छ । जनयुद्धकालमा प्रदेश ५ लाई मगरातक्षेत्रको रुपमा बिभाजन गरेको तत्कालिन नेकपा माओबादीले मगरातको राजधाजी पाल्पाको तानसेनलाई बनाउने बताएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *