पाल्पा, भाद्र २५
तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभासका अध्यक्ष गोपाल पोख्रेललाई कोरोना संक्रमणको पुष्टि भएको छ । अध्यक्ष पोख्रेललाई कोरोना संक्रमणको पुष्टि भएको अस्पताल प्रशासनले जनाएको हो । उहाँको अवस्था सामान्य रहेको र आइसोलेशनमा उपचार भैरहेको पारिवारिक स्रोतले जनाएका छन् । संक्रमणको पुष्टि भएसंगै उहाँ संग सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्य शुरु भएको समेत अस्पताल प्रशासनले जनाएको छ ।