कोरोना संक्रमित २७ हजार नाघे, १०७ को ज्यान गयो

काठमाण्डौं, भाद्र १,
नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ५२० जनामा नमुना परीक्षण गर्दा काठमाण्डौं उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १०७ जनाको ज्यान गएको छ । १७ हजार ४ सय ९५ जना निको भएर घर फकिएको मन्त्रालयले जनाएको छ । देशभर ९ हजार ६३९ जना संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ६ जना भेल्टिलेटर र ११३ जना आईसीयूमा रहेका छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५९ र प्रदेश २ मा ४१ जना संक्रमित आईसीयूमा छन् ।

प्रदेश १ र गण्डकी प्रदेशमा एकएक जना र प्रदेश ५ मा ११ जना संक्रमित आईसीयूमा रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *