जनजाति महासंघ अमेरीकाद्धारा राउटे शमुदायलाई राहत वितरण

काठमाण्डौं, असार २६,
नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) ले नेपालका राउटे समुदायलाई राहत वितरण गरेको छ । जनजाति महासंघ अमेरीकाले ५३ राउटे घर परिवारलाई खाद्यान्नसहित टेन्ट लगाएतका सामाग्री प्रदान गरिएको फिप्नाका महासचिव नरेन्द्र थापा मगरले जानकारी दिनुभयो । जनजाति महासंघ अमेरिका फिप्नाले देशका विभिन्न ठाउहरूमा खाद्यान्न तथा राहतका सामाग्रीहरु वितरण भइरहेको जनाएको छ । महासचिव नरेन्द्रका अनुसार सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा १ मा ६० घर मुसर समुदायलाई आषाढ २२ गते राहत वितरण गरिएको छ । दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा १ र ५ मा ५३ घर परिवारलाई आषाढ २५ गते, धनकुटाको लेउती कोरिडोरका ६५ परिवारका मजदुरहरूलाई आषाढ २६ गते, मकवानपुरको राक्सिराँङ गाँउपालिका वडा ५ मा आषाढ २६ गते वितरण गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जुनले जानकारी दिनुभयो ।

अध्यक्ष चेम्जुनका अनुसार सुनसरीको मधुवन कोशी टप्पु ,कोशी गाउँपालिकाका ४० घर परिवार मजदुरहरूलाई आषाढ २९ गते र तमोर कोरीडोरका माँझी समुदायहरूलाई खाद्यान्न राहत वितरण गरिने जानकारी दिनुभयो । प्रति घर परिवारलाई २५ किलो चामल, २ किलो दाल,एक लिटर तेल र १ प्याकेट नुनका दरले राहत वितरण गरिने जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *