काठमाण्डौं, असार २५
नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति निर्माण भएको छ । बिहिबार बसेको महासंघको विदेश शाखाहरुको बैठकले मानबहादुर रानामगर (अमेरिका) को संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । बैठकमा १३ देशका अध्यक्षसहित २५ देशका प्रतिनिधिहरुको सहभागिता थियो । समितिको सहसंयोजकमा किसन राई (हङकङ) खुशी लिम्बू (बेलायत), सदस्यसचिवमा शिव भुजेल (कतार) र सदस्यहरुमा युगेल तेन्डुप शेर्पा (दक्षिण कोरिया) , रश्मी थापामगर (क्यानडा) मणी थेवे (अष्ट्रिया) , हेम गुरुङ (पोर्चुगल) , विनोद पोमो (अमेरिका),सदर्शन थापामगर (अष्ट्रेलिया) र कुमार बलामी (युएई ) चयन हुनुभएको छ । प्रत्येक देशबाट एक पदेन सदस्य राखिने जनाइएको छ । सन २०१९ अक्टोबर १८ र १९ मा प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो । सो सम्मेलनले जारी गरेको घोषणापत्रको बुँदा ९ मा ‘विश्वभर रहेका नेपाली आदिवासी, जनजातिहरुलाई सांगठानिक रुपमा जोड्न जोडिन आवश्यक विधि, पद्धति र प्रक्रिया अवलम्बन गर्दै समयसापेक्ष विधान संशोधन गरेर आवश्यक अन्र्तराष्ट्रिय सञ्जाल बनाइने उल्लेख गरिएको थियो ।