दोहोरी गायक दिपक परियारको निधन

रुपन्देही, असार १२,
लोक तथा दोहोरी गायक दीपक परियारको निधन भएको छ । आत्महत्याको प्रयास गरेका परियारको उपचारका क्रममा रुपन्देहीमा ज्यान गएको हो । गुल्मीको दरबार गाउँपालिका घर भएका दिपक तिलोत्तोमा १० रुपन्देहीमा आफन्तको घरमा बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार गायक परियार कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।

श्रीमतीका साथ घरमा बस्दै उनी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य समेत रहेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *