भारतमा कोरोना संक्रमण बाट चार हजार बढीको ज्यान गयो

काठमाण्डौं, जेठ १२,
छिमेकी भारतमा कोरोना संक्रमण बाट ४ हजार बढीको ज्यान गएको छ । आईतबार बिहान सम्म कोरोना भाइरसबाट ४ हजार २१ जनाको ज्यान गएको भारतीय अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसबाट गएको २४ घन्टायता मात्रै अहिलेसम्मकै धेरै ६ हजार ९७७ जना संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा १५४ जनाले ज्यान गुमाएका छन् । भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाबाट १ लाख ३८ हजार ८ सय ४५ जना संक्रमित भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *