अर्घाखाँचीका एक र अर्का नाम नखुलेका नेपालीको यूएईमा ज्यान गयो

काठमाण्डौं, बैशाख ३०,
कोरोना भाइरसका कारण यूएईमा अर्घाखाँचीका एक यूवा र अर्का पहिचान नखुलेका नेपालीको ज्यान गएको छ । यूएईको आबुधाबीमा रहेको एक होटलमा काम गर्ने अर्घाखाँचीका ३९ वर्षका यूवा र यूएईकै अलऐनमा नाम ठेगाना नखुलेका अर्का यूवाको ज्यान गएको हो । कोरोना सङ्क्रमण भएपछि अर्घाखाँचीका युवालाई अस्पतालमा भर्ना गरिएको थियो । उनी पहिलो पटक यूएई गएका थिए । गएको हप्ता पनि यूएईमै अर्घाखाँचीका अर्का एक युवाको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको थियो । अलऐन अस्पतालमा ज्यान गुमाउने अर्का युवाको भने नेपालको ठेगाना खुलेको छैन ।

यूएईमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण थपिदै गएपनि त्याहाको सरकारले परिचय नखुलाउँदा नेपाली दूतावासले सङ्क्रमित नेपालीको बारेमा जानकारी दिन नसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *