भावना खनाल,
क्यान्सरले थलिएकी सरिता एक महिनादेखि अस्पतालको बेडमा छिन, लोग्नेले शहरमा अर्कै श्रीमती विहे गरेर घरजम गरेर बसेको छ । न त सरिताका सन्तान छन न त नजिकका आफन्त नै उनलाई भेट्न आउँछन । सधै झैं विहान करिव ८ र ९ बजेतिर अस्पतालको बेड अगाडिको वरण्डामा झुल्के घाम ताप्नका लागि बाहिर निस्केकी थिईन । लामो समय अस्पतालमा बसेका विरामीहरु सधै यसरी नै विहानको झुल्के घाममा आ आफ्नो वेड अगाडि वरण्डामा निस्किएर १ र २ घण्टा रोगलाई भुल्ने प्रयास गर्छन । यसै सिलसिलामा एक अपरिचित आवाज उनको कानमा ठोकियो,सरिता १ ए सरिता ११ चिन्यौ मलाई ? उनी आश्चर्यमा परिन । जब शिशिर नजिकै आएर तिमी सरिता नै हो नि ? चिनिनौ मलाई ? बल्ल,उसको हाँसोबाट चिनिन सरिताले र भनिन , शिशिर १ तिमी शिशिर हौ ? हो म शिशिर हूँ,उहीँ शिशिर । अनि याहाँ ? किन ? कसरी ? कहिले ? एकै सासमा प्रश्न सोधिन सरिताले । हो,सरिता म याहाँ आएको १५ दिन भैसक्यो । टाइफाईडको ज्वरोले थलिएर सुतिरहेको थिएँ, हिजो देखि अलि निको भएको छ, अब त घर जान्छु भनेको आज जान दिएन डाक्टरले, घाममा बस्न मन लागेर बाहिर निस्केको थिएँ, देखिहालें नि तिमीलाई । एकैछिन त हो कि हैन , बोलूँ कि नबोलूँ भनेर अन्यौलमा परें । तर तिम्रो उहीँ पुरानो आवाजको बोली सुनेपछि हो जस्तै लागेर बोलाएको नि , सरिताले भनिन अनि कोको आएका छौ नि ? अरु खबर ? शिशिरले निरास हुँदै भन्यो , एक्लै छु सरिता , श्रीमती वितेको २ वर्ष भैसक्यो ,दुवै छोरी विहे भएर आआफ्नो घरतिरै छन, ठूलो छोरा अमेरिका र सानो छोरा राजधानीतिर छ । म घरमा एक्लै बस्थें । विरामी परेँ । धन्न छिमेकीले अस्पताल ल्याएर ठूलो गुन लगाए भन्दै थिए उता सरिताका आँखा रसाइसकेका थिए विगत सम्झेर । अचानक निको भएको घाउ बल्झिएको थियो , अतीत नाचिरहेका थिए आँखाभरी अनि छचल्किरहेका थिए पानी बनेर १ फेरि शिशिरले सोध्यो , तिम्रो नि ? के भएको छ तिमीलाई ? कोको आएका छौ ? सरिताले भुँईतिर हेर्दै भनी, क्यान्सर भएको छ मलाई शिशिर १ राम्ररी उपचार गरे अझ ४ र ५ महिना बाँच्ने आशा देखाएको छ डाक्टरले तर मलाई भने ४ र ५ दिन पनि बाँचूलाजस्तो लाग्दैन । श्रीमानको साथ र सहयोग रहेन मलाई,सन्तान भएनन , माईतिको सहारामा बाँचिरहेकी छु । एकपटक तिमीलाई भेट्ने तिव्र चाहना थियो धन्न पूरा भयो भगवान भन्दै बलिन्द्रधारा आँसु बगाउन थालिन । शिशिरको पनि मन थामिएन,विगत बग्न थाल्यो आँखाबाट झरी बनेर । एक्कासी सरितालाई अँगालो हालेर भन्न थाल्यो,मलाई माफ गर सरिता,मलाई माफ गर । समयले हामीमाथि ठूलो खेल खेल्यो । चाहेर पनि मैले तिमीलाई आफ्नो बनाउन सकिन । घर ,परिवार र समाजले लगाएको पर्खाललाई नाघ्न सकिन मैले , सरिताले शिशिरतिर फर्केर भनिन , हैन शिशिर दोष न त तिम्रो थियो न त मेरो नै , भाग्य र समयको खेल थियो यो । तिम्रो सहयोगले मैले १० कक्षासम्म पढेँ , तिम्रै मायाले मैले जीवनको अर्थ बुझेँ , मायाको अर्थ बुझेँ । ४ र ५ वर्षको हाम्रो प्रेम नै मेरो जीवनको सबैभन्दा सुखद क्षण हो , जुन कुराको सम्झना मात्र पनि मलाई जीवन विताउने आधार बनेको छ । विवाह नभएर के भो त ? हाम्रो वाल्यकालको सच्चा प्रेम मुटुभरि छ , हरेक पल आँखाभरि नाचिरहन्छ । तिमी खान्दानी परिवारको , म गरिब परिवारको , फेरि हामी कक्षा १० मा पढ्दै गर्दा विहेको सहमति पनि कसरी देआस त परिवारले ? जे जे भयो भयो ,अब विगतलाई विर्सिदेउ शिशिर ,विर्सिदेउ अब । सरिताले गह्रुङ्गो भारी विसाए झैं लामो सुस्केरा हालेर एकोहोरो बोलिरही , मेरो त विवाह भैहाल्यो लोग्ने असाध्यै जँड्याहा र निष्ठूर परेछ । विहे भएको ३ वर्षसम्म त जसरीतसरी मसँगै बस्यो,त्यसपछि शहर पस्यो उतै रमायो । लोग्नेसित विताएका ती ३ वर्ष मेरालागि सबैभन्दा बढि पीडादायक बने शिशिर, ऊ सँगको सम्बन्ध कहिल्यै राम्रो भएन । सुख दुस्ख , बोलचाल,व्यवहार आफन्तको जस्तो कहिल्यै बनेन । यौटै विस्तारामा भएपनि पूर्व पश्चिम फर्किएर विते रातहरु, सिरान यौटै थियो तर सपना कहिल्यै यौटै भएन , चाहनाहरु फरक फरक थिए दुवैका, जति प्रयास गरेपनि म उसको मनमा कहिल्यै बस्न सकिन , न त उसलाई नै मैले मनमा बसाएँ , अपरिचित जस्तै रह्यो हाम्रो सम्बन्ध । आज संयोगले तिमीलाई भेट्न पाएँ , सारा वृतान्त सुनाउन पाएँ , अब मलाई मृत्युसँग पनि कुनै गुनासो हुनेछैन । यति भन्दै गर्दा भित्रबाट ११५ नं को वेडको विरामी भित्र आउनोस औषधि खाने वेला भयो भन्ने वोलावट आयो । हतारिदै गालाका आँसुका डाम हातले पुछ्दै शिशिरले भन्यो,सायद म आज भोलिमा डिष्चार्ज हुन्छु होला , तिम्रो ठेगाना देऊ त म पछि भेट्छु तिमीलाई । सरिताले ठेगाना दिएर भित्र पसिन । करिब १५ दिन पछिको कुरा हो , सरिता घर आएको २ र ३ दिन मात्र भएको थियो । एकाविहानै शिशिर आईपुग्यो । सरिताले हाँस्दै भनिन , घर पत्ता लगाएछौ त , आउन भित्रै बस । हातमा २ वटा चियाको गिलास लिदै अत्यन्तै प्रफुल्लित मुद्रामा नजिकै आएर आज ५५ वर्षपछि यसरी पनि भेट हुदोरहेछ है ! शिशिरले हाँस्दै भन्यो, मनले चाहे के हुदैन र , हामीवीचको बालसुलभ प्रेम सच्चा थियो सरिता । समय परिस्थितिले हामीलाई एक हुन दिएन तर मन त छुट्टिएको थिएन नि होइन र ? हृदयको यौटा कुनामा बाध्यताको ठूलो पथ्थरले च्याँपेर राखेको हाम्रो माया आज यही समयले छताछुल्ल पारिदिएको छ । तिमीले मलाई कक्षा १० मा पढ्दै गर्दा तिम्रो विहेको कुरा आएपछि भनेकी थियौ नि , म तिमीसित एक पल भएपनि सँगै बाँच्न चाहन्छु , तिम्रै काखमा अन्तिम सास फेर्न चाहन्छु ,याद छ तिमीलाई ती कुरा ? सरिताले सहमतिमा मुन्टो हल्लाई । अहिले हामी चाहेर पनि यो समाजका अगाडि सँगै बस्न सक्दैनौ । फेरि अब टाढिएर बाँच्न पनि गाह्रो हुन्छ त्यसकारण विकल्पका रुपमा मैले आज यौटा निर्णय गरेको छु,तिमी त्यस कुरामा मलाई साथ दिन्छ्यौ सरिता ? सरिताले लामो सुस्केरा हाल्दै भनी, साथ त म तिमीलाई जीवनभर दिन चाहन्थे,तिमीलाई आँखाभित्र राखेर रमाउन चाहन्थे तर मेरो दुर्भाग्य,मेरा सपनाहरु सधै अधुरै रहे । एक पल पनि छोड्न नसक्ने थिएँ म तिमीलाई तर एक पल पनि पाउन सकिन,एक पल पनि म तिम्रो बन्न सकिन । अब त के नै वाँकी रह्यो ! मेरो पनि को नै छ र यो संसारमा ? भन शिशिर मलाई तिम्रा हरेक कुरामा मञ्जुर छ । निर्धक्क हुँदै शिशिरले भन्यो , अब हामी वृद्दाश्रम गएर जीवनका अन्तिम पल सँगै बसौँ सरिता ! नजिकबाट एकले अर्कालाई हेरेर मात्र पनि हामी आफ्नो दुःख विर्सन सक्छौँ । यहाँ यसरी हामी नजिक भएको यो समाजलाई पच्दैन । २ र ४ वर्ष भए पनि सुखले बाँचौँला । तिमीले आजभन्दा पचपन्न वर्ष अघि देखेको सपना म मर्ने वेलामा भए पनि पूरा गर्न चाहन्छु । कमसेकम मर्ने वेलामा त हामी एक अर्काको काखमा मर्न सक्छौँ , थोरै समय भएपनि म तिम्रो ओँठको हाँसो हेर्न चाहन्छु , तिम्रो बोली सुनेर प्राण त्याग गर्न चाहन्छु सरिता, सरिताले सहमति जनाई । भोलिपल्ट दुवै आ आफ्नो तरिकाले यौटै वृद्दाश्रम गए । एकातिर आफ्नो सपना पूरा भएको थियो भने अर्कोेतिर आफ्नो प्रेमको प्राप्ति भएको थियो त्यसैले दुवै खुसी थिए । दुवैमा नयाँ जोश जाँगर र बाँच्ने साहस पलाएर आएको थियो । दुवैजना दिनभर सँगै हाँस्थे,रमाउथे र घण्टौंसम्म एकापसमा हराउँथे । यो देखेर वृद्दाश्रमका वृद्दवृद्दाहरुले अचम्म मान्दै सोधे,हैन क्या हो ! तिमीहरु त वर्षौ पहिलेदेखि चिनजान भएजस्तै गरि दिनभर सँगसँगै रमाउछौ त ? खास कुरो केहो ? जिस्क्याउने पारामा उनीहरुले हाँस्दै भने । सरिताले हतार हतार जवाफ दिईन हैनहैन सामान्य चिनजान मात्र थियो त्यसैले नि, चिनजान मात्र ? फेरि गलल्ल हाँसे । अनि शिशिरले भन्यो, हामी वाल्यकालदेखिका प्रेमी हौँ । यही निर्दयी समाज र समयले हाम्रो प्रेम छुटाएको थियो , आज पचपन्न वर्षपछि यही समयले हामीलाई जुटाएको छ । मैले विहे गरेर यो समाजका अगाडि सरितालाई आफ्नो बनाउन पाईन तर आज जीवनको अन्तिम क्षणमा भए पनि आँखा अगाडि पाएको छु त्यसैले खुसी छु । सरिता लाजले केही बोल्न सकिनन , वृद्दाआश्रमभरि यस कुराको निकै चर्चा चल्यो र अन्त्यमा वृद्दवृद्दाहरुले यी दुवैको पून विवाह गरिदिने निर्णय गरे । यस निर्णयमा शिशिर मौन बस्यो । तर सरिताले अप्ठेरो मान्दै भनिन, यो समाजले हाम्रो प्रेमको खिल्लि उडाउँछ ,हामीलाई राम्रो मान्दैन त्यसैले यस्तो नगरौं । वृद्दवृद्दाहरुले सम्झाउँदै भने , तिमीहरुको वाल्यकालदेखिको प्रेम सच्चा थियो,त्यसैले त यतिका वर्षपछि फेरि यसरी भेट भएर सँगै हुन पाएका छौ । तिमीहरुलाई देखेर अब प्रेमको महत्व बुझ्नेछ यो समाजले ! अब विहे गरेर २ र ४ महिना नै भए पनि वाँचुञ्जेल सँगै बस,आफ्नो लागि अनि आफ्नो खुसीका लागि बाँच अब । दुवैले सहमति जनाए । भोलिपल्ट धुमधामले विहे भयो ।
सबैजना निकै खुसी भए । सरिता र शिशिरले नयाँ जीवन पाएको अनुभूति गरे । आजसम्मका सबै दुख लाई विर्सेर चरमसुखमा करिब एक महिना विताउँदै थिए । एकदिन एकाएक सरिताको मुखबाट रगतको भेल बग्यो । हेर्दाहेर्दै सरिताले शिशिरकै काखमा प्राण त्याग गरि । शिशिर चिच्यायो,रोयो र अन्त्यमा आफूलाई समाल्दै भन्यो , तिम्रो चाहना त पूरा भयो सरिता तर म फेरि एक्लै भएँ । म अभागिको संसार फेरि उजाडियो सरिता फेरि । २ र ४ दिन भए पनि तिमीलाई खुसी दिन पाएँ , तन मनले माया गर्न पाएँ ,मेरो यो माया,मेरो प्रेम साँचो थियो सरिता , त्यसैले तिमी आज जीवनको अन्तिम क्षण मेरै काखमा निदाउन पाएकी छौ भन्दै भाव विव्हल बनेको थियो शिशिर । वृद्दाश्रमभरि र जताततै यो कुरा कहानी बनेर फैलियो । सबैका अँखा रसाए । वृद्दाश्रमले जुटाएको प्रेम वृद्दाश्रममै अन्त्य भयो । सबैले भने ,तिमीहरु सच्चा प्रेमको नमुना हौ , समाजले तिमीहरुजस्तै साँचो प्रेमको डोरी नचुँडालोस ।
भावना खनाल,तानसेन बहुमुखी क्याम्पस, तानसेन, पाल्पा