निर्माण भैरहेको सडकक्षेत्र आफ्नै भूमिमा पर्ने भारतको दाबी

काठमाण्डौं, बैशाख २७,
निर्माण भैरहेको सडक क्षेत्र आफ्नै भूमिमा पर्ने भारतले दाबी गरेको छ । भारतले लिपुलेकको नेपाली भूमि हुँदै चीनसम्म पुग्ने सडक खनेकाले नेपाल सरकारले आपत्ति जनाएपछि भारतीय विदेश मन्त्रलायले विज्ञप्ति निकालेर लिपुलेकमा खनिएको सडक आफ्नै भएको जिकिर गरेको हो । राजमार्ग खनिएको स्थान उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने भारतको दावी छ । कैलाश मानसरोवर यात्रामा तिर्थालु हिँड्ने रुटमा नै सडक बनाएको भन्दै भारतीय विदेश मन्त्रालयले सीमामा भएका समस्या समाधानको लागि नेपाल र भारतले विभिन्न संयन्त्र बनाएको र तिनै संयन्त्रमार्फत समाधान निकाल्न सकिने जनाएको छ । विज्ञप्तीमा दुई देशले विदेश सचिवस्तरीय वार्ताको तयारी समेत गरेको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *