हराइनमा १२६ र कुवेतमा ५१ नेपाली को*रोना संक्रमित

काठमाण्डौं, बैशाख,
बहराइनमा १२६ र कुवेतमा ५१ नेपाली को*रोना संक्रमित भएका छन् । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार थप ७७ जना नेपालीलाई को*रोना भाइरस संक्रमण पुष्टि भए संगै को*रोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको हो । दुतावासले कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

उता कुवेतमा थप २२ जना नेपाली श्रमिकलाई को*रोना सङ्क्रमण देखिएपछि संक्रमितको संख्या ५१ पुगेको हो । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार कुवेतमा यसअघि २९ जना नेपालीमा को*रोना सङ्क्रमण देखिएको थियो । खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा २०६ जना नेपाली नागरिकमा को*रोना सङ्क्रमण देखिएको छ । अहिलेसम्म बहराइनमा १२६, यूएईमा १२, साउदीमा ४, कुवेतमा ५१, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा २०६ जना नेपाली श्रमिकलाई को*रोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *