को*रोनाले विदेशमा ३ नेपालीको ज्यान लियो

काठमाण्डौं, बैशाख १४,
को*रोना भाइरसले विदेशमा रहेका ३ नेपालीको ज्यान लिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार यूएईमा दुई जना र टर्कीमा एक गरी तीन नेपालीको ज्यान गएको हो ।ज्यान गुमाउनेको परिचय खुलाइएको छैन । जारी लकडाउनले अन्तराष्ट्रिय उडान बन्द भएको हुँदा ९१ जना नेपालीको शव पनि रोकिएको नेपाल सरकारले जनाएको छ ।यो अवधिमा मलेसियामा २९, साउदीमा ३०,कुवेतमा ६, कतारमा ८,यूएईमा १७,बहराइनमा१,साइप्रसमा १, सेसल्पमा १, टर्कीमा १ र दक्षिण कोरियामा १ गरी ९५ जना नेपालीको ज्यान गएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *