काठमाण्डा, बैशाख ६,
बहराइनमा कोरा¥ना सङ्क्रमित नेपाली ४९ पुगेका छन् । शुक्रबार थप २७ जना नेपालीमा को¥रोना सङ्क्रमण देखिए पछि संक्रमित नेपाली ४९ पुगेको त्याहा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । यसअघि बहराइनमा २२ जना नेपाली श्रमिकमा को¥रोना सङ्क्रमण देखिएको थियो । यसअघि सङ्क्रमित २२ जना नेपालीको अवस्था सुधारोन्मुख रहेको समेत दुताबासले जनाएको छ । कोरो¥नाका कारण बहराइनमा कार्यरत नेपालीलाई समस्या परेमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । को¥रोनाको जोखिम बढेसँगै गैरकानुनी रुपमा काम गर्ने श्रमिकहरु बढी मारमा परेका छन् । लुकेर काम गर्नेहरुलाई रोजगारदाताले काम नदिँदा खान बस्न समस्या भएको र त्यस्तो समस्या हुनेलाई दूतावासले सहयोग गर्ने समेत दुतावासले जनाएको छ । बहराइनमा झण्डै ३० हजार नेपाली रहेको जनाइएको छ ।