काठमाण्डौं, बैशाख ६
बहराइनमा २७ नेपालीमा को¥रोना संक्रमण पुष्टी भएको छ । त्यहाँ रहेको नेपाली दूतावासले २७ नेपालीमा संक्रमण पुष्टि भएको जनाएको हो । दूतावासले संक्रमित कामदारहरूको परिचय र उनीहरु काम गर्ने कम्पनीहरूको नाम गोप्य राखेको छ । दूतावासले बहराइनमा मृत्युदर कम भएको र उपचार पनि राम्रो भएकाले कसैलाई पनि नआत्तिन आग्रह गरेको छ ।