काठमाण्डौं, चैत्र २८,
दक्षिण कोरियामा रहेका नेपालीहरुले ४ हजार किट संगै ८० लाख बढीको औषधी लगाएतका सामाग्री नेपाल पठाएका छन् । को*रोनाविरुद्धको अभियानका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए ) दक्षिण कोरियाको अगुवाई तथा स्वतन्त्र अभियन्ताहरुको सहकार्यमा अभियान शुरु गरेर संकलन भएको १ करोड ४० लाख ७९ हजार ७७५ रुपैयाँको सामाग्री नेपाल पठाएको उनीहरुले जनाएका छन् ।
अभियानबाट जम्मा भएको रकममध्ये अहिले पहिलो चरणमा ८० लाख रुपैयाँ बराबरको ४ हजार किट र ५ सय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन एअरलाइन्सको विमान चाटर्ड गरेर नेपाल पठाएका हुन् । दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको जनाइएको छ ।