मलेसियामा पनि एक नेपालीमा कोरोना सङ्क्रमण

काठमाण्डौं, चैत्र २१,
हजारौ नेपाली रहेको मलेसियामा समेत एक नेपालीमा कोरोना संक्रमण भएको छ । मलेसियामा रहेको नेपाली दूतावासले एक नेपालीमा कोरोना सङ्क्रमण भएको र उनको अवस्था सामान्य रहेको जनाएको हो । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश खाडीका देशको तुलनामा मलेसियामा कोरोना सङ्क्रमितको सङख्या धेरै भए पनि नेपाली श्रमिक एक जनामा मात्र सङ्क्रमण भेटिएको हो । मलेसियामा ३ हजार ३ सय ३३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । जसमध्ये ८ सय २७ जना निको भएर घर फर्किएका छन् भने २ हजार ४ सय ५३ जनाको अस्पतालमा उपचार भइरहेको छ । ५३ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *