काठमाण्डौं, चैत्र १९,
यूएईमा थप दुई नेपालीमा पनि कोरो*ना भाइ*रसको संक्रमण देखिएको छ । संयुक्त अरब इमिरेट्सको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले थप दुई नेपालीसहित ५३ जनामा को*रोनाभाइ*रसको सङ्क्र*मण भएको जानकारी दिएको हो । पछिल्लो संक्रमित संगै यूएईमा ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । यूएईमा फागुन २६ गते पहिलो पटक दुई नेपाली सहित १४ जना सङ्क्रममित भेटिएको थियो । त्यस्तै चैत १४ गते थप दुई जना नेपालीसहित ७२ जना र चैत १५ गते पनि दुई नेपाली सहित ६३ जना सङ्क्रमित भेटिएका थिए । सङ्क्रमित भएका नेपाली मध्ये दुई जना निको भएर कम्पनीमा फर्किएका जनाइएको छ । बाँकी ६ नेपालीको आइसोलेसनमा राखेर उपचार भइरहेको नेपाली दूतावासकी प्रवक्ता रीता धितालले बताउनुभयो ।