मगर समाजमा प्रचलित डेसान पुजा

पूर्ण बहादुर राना मगर, १) डेसान पुजा
मगर भाषामा डेसान भन्नाले महामारि रोग हो । मगर गाउँमा महामारीको रूपमा फैलिने रोग आउँदा डेसान पुजा गर्ने चलन थियो । रोगलाई निमिट्यान्न पार्न भनेर पुजा गर्ने वा धुपधुवाँर गर्ने चलन थियो । पुजापाठ भन्नाले अनुशासनमा बस्ने भनेको हो । मानिसले अरू कुरा गरि अनुशासन नमान्ने भएकोले भगवान साक्षि राखि पुजापाठ वा धुपधुँवार गर्ने चलन चलाएकोले मगर समाजमा रोगको महामारी आउँदा डेसान पुजा गर्नुपर्ने चलन बसालेको हुनसक्छ । महामारि भन्नाले खुरेट (गाईबस्तुलाई लाग्ने एक प्रकारको महामारि रोग) हैजा, बिफर, खपट्या (टि.बि), पखला, ज्वरो आदि रोगलाई महामारीलाई बुझाउँछ । २) गाउँमा आउने बाटोमा भाँजो हाल्ने (लकडाउन ) माहामारी फैलिंदा मगर समाजले एक गाउँबाट अर्को गाउँमा जान नदिने चलन थियो । आफ्नो गाउँमा अरू गाउँको मानिस पनि नआओस र आफ्नो गाउँको मानिस पनि अर्को गाउँमा नजाओस भनेर बाटोमा भाँजो हाल्ने चलन थियो । यसरी भाँजो वा लकडाउन मानिसलाई मात्रै लाग्ने रोग नभई पशुपंछीलाई लाग्दा पनि गर्ने गर्दथ्यो । किनकि रोग भएको गाउँबाट मानिस आयो भने रोग फैलिन्छ भन्ने डरले बाटोमा छेकबार वा भाँजो हाल्ने प्रचलन थियो । यसरी रोगको महामारी फैलिएको बेलामा चिल्लो चाप्लो वा रोटिपोलि गरेर बारा, रोटि, मासु लिएर माईति जान वा एक गाउँबाट अर्को गाउँमा जान नपाउने चलन थियो । ३) छाप्रो वा ओडारमा बिरामी राख्ने चलन (आईसोलेसन) हैजा, बिफर, खपट्या टि. बि. रोग लागि हाल्यो भने बिरामिलाई, टाढा बारिमा छाप्रो बनाएर राख्ने चलन थियो । कतिपय महामारिले ग्रसित बिरामीलाई ओडारमा लगेर राख्ने चलन थियो । त्यहि छाप्रो वा ओडारमा टाढैबाट खाना र पानी लगेर बिरामिलाई दिने चलन थियो । यसरी राख्दा कतिपय बिरामि आफै सञ्चो हुने गर्दथ्यो । भने कतिपय बिरामि सञ्चो नभएर मर्ने गर्दथ्यो । यसरी मरेकोलाई सुरू सुरूमा गाउँलेहरूले लगेर सतगद गर्ने चलन थियो । तर पछि पछि धेरैनै मरेपछि ती गाउँलेले अन्त्यष्टि नगरेर कसैलाई बनकै ओडारमै छोडिदिने चलन थियो । यसरी मरेको ठाउँलाई आजभोलि दमिनि ओडार, सार्की ओडार, मगर ओडार आदि भन्ने चलन अद्यावधिक छ । त्यो ओडारमा जाँदा थोत्रो भाँडाकुँडा पनि भेट्टाउँछ । ४) क्रिया बस्नु (क्वारेन्टाइन) रोगले असाध्यै महामारि लिएपछि कसैले पनि कसैको लास नछुने गर्दथ्यो । र आफ्नै घरको जाहानले मरेको व्यक्तिलाई डोकोमा हालेर डाँडातिरबाट फालिदिने गर्दथ्यो । सायद यसै कारणले गर्दा तेह्र दिन क्रिया बस्ने चलन भएको हुन सक्दछ । जुन अहिले चौध दिने क्वारेन्टाईन भन्ने गरेको छ । यसरी आफ्नो परिवारको सदस्यलाई फालेर आए पछि लास फालेर आउने छोरा वा बाबाले क्रिया बस्नु पर्दथ्यो । क्रिया बस्नेले अनिवार्य नुहाएर आफैखाना पकाएर खाने गर्दथ्यो । क्रियापुत्रले आफुले खाएको भाँडा आफैले धोई घोप्टो पारि सुकाउने चलन थियो । आफ्नो कपडा आफै धुने चलन थियो । क्रियापुत्रि एक्लै बस्ने गर्दथ्यो । क्रिया बस्ने व्यक्तिले कसैलाई पनि छुन हुँदैन थियो । भने अरूले पनि क्रिया बस्ने मानिसलाई छुन हुँदैन थियो । परालमा सुत्नु पर्दथ्यो । समान्यतया क्रिया बस्ने मानिस वा लास फाल्न मलामि आफै जाने चलन अझैसम्म छ । सायद १३ दिन क्रिया बस्ने खास कारण लास बोकेर लाने मान्छेनै क्रिया बस्ने भएकोले सो व्यक्तिलाई महामारि लागेको वा नलागेको प्रमाणित गर्नको लागि तेह्र दिन क्रिया बस्ने चलन चलाएको हुनसक्छ ।
५) वैज्ञानिक आधार मगर समाजमा प्रचलित चलनहरू हेर्दा विज्ञान र प्रकृतिसँग मिलेको देखिन्छ । हिजो बाबा आमाले बच्चा जन्मिने बित्तिकै नाभि वा गर्भनाल काटेर राख्ने चलन थियो । बच्चाहुँदा हामीले सुकेको नाभिलाई औषधि हुन्छ भन्ने विश्वासले आमाको गुन्योको टुक्रामा जन्तर बनाएर लगाउने चलन थियो । आजभोलि विकसित देशमा बच्चा जन्मने बित्तिकै नाभि वा गर्भनाल umbilicalcord लाई काटेर स्टिमसेल बेङ्किङमा राख्ने चलन छ । त्यहि नाभि वा नाईटोलाई स्टिम सेल बैङ्किङमा राखेर स्टिम सेल निकाल्ने चलन छ । जुन सेलले ब्रेन ड्यामेज हुँदा, सुगर, पक्षघात रोगमा काम लाग्ने मेडिकल साईन्सको अध्ययनले देखाएको छ । तर सुकेको नाभि वा नाईटोले भने स्टिम सेल बैङ्किङमा राखेको नाभिलेझैं केहि काम गर्दैन । यसरि स्टिम सेल बनाउने विधि वा प्रक्रिया हिजो नाभि काटेर राख्ने प्रचलनको विकसित रूप हो । त्यहि नाभिमा भएको स्टिम सेल जस्तो स्टिमसेल कहाँ पाउँछ भनी खोज अनुसन्धान गरि स्विटजरल्याण्डको मिबेलिबायोकेमेस्ट्रि mibellebiochemestry कम्पनिले फाईटो टेक्नोलोजि Phyto technology प्रयोग गरि चारवटा फल सोलर भिटिस ग्रेभ, म्यालस डोमिस्टिका, टोमेटो (सोलानम लिकोपर्सिकम ) र अका बेरिबाट स्टिम सेल पाएर उत्पादन गरेकोछ । सो उत्पादनको नाम क्रिस्टल सेल crystal cell ले परिचित छ । जुन स्टिम सेललाई द ओरिजिन अफ स्टिम सेल The origin of stemcell भनिन्छ । यो क्रिस्टलसेलको प्रयोगले मधुमेह, क्यान्सर, प्रेशर, म्याक्युलर डिजेनरेशन, मुटुरोग, बाथ, हाडजोर्निको रोग, पायल्स, किड्नि रोग,माईग्रेन, युरिक एसिड, थाईराईड लगायत ३६ वटा रोगलाई निको पार्ने जनाएकोे छ । तसर्थ अब मानिसले पुर्खाहरूले गरेको विविध कार्यको प्राकृतिक र वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने बेला आएको हो कि ? ( लेखक राना भाषाविद एवं नेपाल विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष हुनुहुन्छ )

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *